कम्मरमा लागेको बोसो घटाउने योगासन

एजेन्सी । निष्क्रिय शारीरिक गतिविधि, खराब जीवनशैली र गलत खानपानको कारण शरीरका धेरै अङ्गमा बोसो बढ्छ । धेरैजसो अवस्थामा यसको असर पुरुषको पेटमा र महिलाको कम्मरमा देखिन्छ । धेरैजसो महिला पातलो कम्मरको चाहना राख्छन् । बोसो कम गर्न खाना कम गर्नेको संख्या पनि उल्लेख्य छ । यसबाट बोसो भने धेरै घटाउन सकिँदैन । पातलो कम्मरका […]

Sep 17, 2024 - 08:08
 0
कम्मरमा लागेको बोसो घटाउने योगासन

एजेन्सी । निष्क्रिय शारीरिक गतिविधि, खराब जीवनशैली र गलत खानपानको कारण शरीरका धेरै अङ्गमा बोसो बढ्छ । धेरैजसो अवस्थामा यसको असर पुरुषको पेटमा र महिलाको कम्मरमा देखिन्छ ।

धेरैजसो महिला पातलो कम्मरको चाहना राख्छन् । बोसो कम गर्न खाना कम गर्नेको संख्या पनि उल्लेख्य छ । यसबाट बोसो भने धेरै घटाउन सकिँदैन ।

पातलो कम्मरका लागि केही योगासन प्रभावकारी हुन सक्छन् । योगबाट शरीरका अङ्गमा जम्मा भएको बोसो घटाउन सकिन्छ । कम्मरको बोसो कम गर्न प्रभावकारी हुने केही योगासन बारे जानौं ।

नौकासन

नौकासनको अभ्यासले पेटका मांसपेशी घटाउन सकिन्छ र कम्मरको वरिपरि जम्मा भएको बोसो कम गर्न मद्दत मिल्छ । यो आसनले शरीरको मध्य भागलाई बलियो बनाउँछ ।

नौकासनको अभ्यासका लागि ढाडको बलमा सुतेर बिस्तारै खुट्टा र कम्मर देखि माथिल्लो शरीरलाई उठाउनुहोस् यसले शरीरलाई डुङ्गाको जस्तो आकारमा ल्याउँछ । यस स्थितिमा २०–३० सेकेन्डसम्म रहनुहोस् र फेरि सामान्य स्थितिमा फर्कनुहोस् । यस आसनलाई ३–४ पटक दोहोर्‍याउनुहोस् ।

अर्ध मत्स्येन्द्रासन

यस आसनले पेटको वरिपरिका अङ्गलाई बलियो बनाउँछ र कम्मरको भागमा जम्मा भएको बोसो कम गर्न मद्दत गर्छ । अर्ध मत्स्येन्द्रासनको अभ्यासले पाचन प्रणालीलाई पनि राम्रो गर्छ ।

यस आसनको अभ्यासका लागि जमिनमा बसेर एक खुट्टालाई अर्को खुट्टाको माथि मोड्नुहोस् । कम्मरलाई घुमाउनुहोस् र पछाडि हेर्नुहोस् । यस स्थितिमा केही सेकेन्ड रहनुहोस् र फेरि अर्को तर्फबाट यो प्रक्रिया दोहोर्‍याउनुहोस् ।

भुजंगासन

यो आसनले ढाडको तल्लो भागलाई पनि बलियो बनाउँछ । भुजंगासनको अभ्यासका लागि पेटको बलमा सुतेर हातहरूलाई काँधको तल राख्नुहोस् । बिस्तारै टाउको र छातीलाई उठाउनुहोस् । शरीरलाई कोब्रा आकार दिनुहोस् । केही सेकेन्ड यस स्थितिमा रहनुहोस् र फेरि पुरानो स्थितिमा फर्कनुहोस् ।

उत्कटासन

यस आसनलाई अङ्ग्रेजीमा चेयर पोज भनिन्छ । उत्कटासले शरीरको तल्लो भागको बोसो कम गर्न पनि सहयोग गर्छ । उत्कटासनको अभ्यासका लागि सिधा उभिएर हातलाई टाउकोको माथि उठाउनुहोस् र बिस्तारै घुँडाहरूलाई मोड्दै कुर्सीमा बसे जस्तो गर्नुहोस् । यस स्थितिलाई २०–३० सेकेन्डसम्म कायम राख्नुहोस् र फेरि सामान्य स्थितिमा फर्कनुहोस् ।

धनुरासन

यस आसनको नियमित अभ्यासले पेटको भागलाई स्ट्रेच गर्छ र कम्मरको बोसो कम गर्न मद्दत गर्छ । शरीरको लचिलोपन पनि बढ्छ । धनुरासन गर्नका लागि पेटको बलमा सुतेर आफ्नो घुँडा मोड्नुहोस् र हातले समात्नुहोस् ।

शरीरलाई धनुषको जस्तो तान्दै खुट्टा र छातीलाई माथि उठाउनुहोस् । केही सेकेन्ड यस स्थितिमा रहनुहोस् र फेरि पुरानो अवस्थामा फर्कनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register