एनसेलको १९औं वार्षिकोत्सव सम्पन्न (तस्वीरहरू)

काठमाडौं । निजी क्षेत्रको दुरसंचार सेवा प्रदायक संस्था, एनसेलले आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ । मेरो मोबाइलको नामबाट १९ वर्षअघि आफ्नो सेवा सुरु गरेको एनसेलले नेपाली दूरसञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै दुई दशक नजिक पुग्न सफल भएको उपलक्ष्यमा मंगलबार काठमाडौमा एक विशेष कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले आफ्नो लामो यात्रामा नेपाली जनतालाई सेवा प्रदान […]

Sep 17, 2024 - 08:40
 0
एनसेलको १९औं वार्षिकोत्सव सम्पन्न (तस्वीरहरू)

काठमाडौं । निजी क्षेत्रको दुरसंचार सेवा प्रदायक संस्था, एनसेलले आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ ।

मेरो मोबाइलको नामबाट १९ वर्षअघि आफ्नो सेवा सुरु गरेको एनसेलले नेपाली दूरसञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै दुई दशक नजिक पुग्न सफल भएको उपलक्ष्यमा मंगलबार काठमाडौमा एक विशेष कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीले आफ्नो लामो यात्रामा नेपाली जनतालाई सेवा प्रदान गर्दै आएको अनुभवलाई स्मरण गर्दै धन्यवाद व्यक्त गरेको छ । “हामी तपाईंको लागि” भन्ने नाराका साथ आयोजित यस वार्षिकोत्सव कार्यक्रममा एनसेलले विगतका उपलब्धिहरूलाई मनन गर्दै भविष्यका योजनाहरू सार्वजनिक गरेको छ ।

कार्यक्रममा कम्पनीका सीईओ जब्बोर कायुमोवले कम्पनीको प्रतिबद्धता र आगामी योजना सार्वजनिक गरेका छन् । आजै एनसेलले औपचारिक रूपमा एनसेल फाउन्डेसनको समेत घोषणा गरेको छ । यसका साथै कम्पनीले पाराओलम्पिक बिजेता पलेशा र उनको टिमलाई समेत सम्मान गरेको छ ।

एनसेलले नेपालको दूरसञ्चार क्षेत्र र आईसीटी इकोसिस्टममा आफूलाई कोसेढुंगा सावित गरेको बताउँदै, ग्राहक र साझेदारहरूको निरन्तर सहयोगको प्रशंसा गरेको छ ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register