इन्द्रजात्रा समारोहमा बालेनको तस्बिर अङ्कित टिसर्ट लगाएका युवायुवती प्रहरीले बाहिर निकाल्यो

काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अङ्कित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई  समारोहस्थलबाट निकालिएको छ ।  प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ । काठमाडौँ महानगरले  इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा […]

Sep 17, 2024 - 09:18
 0
इन्द्रजात्रा समारोहमा बालेनको तस्बिर अङ्कित टिसर्ट लगाएका युवायुवती प्रहरीले बाहिर निकाल्यो

काठमाडौं ।

इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अङ्कित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई  समारोहस्थलबाट निकालिएको छ । 

प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ ।

काठमाडौँ महानगरले  इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ । अघिल्लो बर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरुले बालेनको जयजयकार गरेका थिए ।

यसपालि भने बालेनको उपस्थिति निश्चित रहेको छैन । उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register