दुर्घटनामा मृत्यु भएकी गाउँपालिका उपाध्यक्ष बुढाको आर्यघाटमा अन्त्येष्टि, प्रचण्डले ओढाए झण्डा

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर बुढालाई अन्तिम श्रद्धाञ्जली दिए । बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा उनकी आमा […]

Sep 17, 2024 - 09:28
 0
दुर्घटनामा मृत्यु भएकी गाउँपालिका उपाध्यक्ष बुढाको आर्यघाटमा अन्त्येष्टि, प्रचण्डले ओढाए झण्डा

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर बुढालाई अन्तिम श्रद्धाञ्जली दिए ।

बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

दुर्घटनामा उनकी आमा ६१ वर्षिया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर सिर्पालीको पनि मृत्यु भएको थियो ।

अन्त्येष्टिमा माओवादी उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायतले श्रद्धाञ्जली दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register