नरेशका वकिलको दाबी : ममता जीवितै छिन्, अपरिचित महिलासँग निस्किएकी थिइन्

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्ले अझै जीवितै रहेको श्रीमान् नरेश भट्टका वकिलले दाबी गरेका छन् । नरेशका वकिल बेन अब्राहमले अदालतमा यस्तो दाबी गरेका हुन् । वासिङ्टन पोस्टकाअनुसार उनले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको र ममता आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरे । उनले यसो […]

Sep 17, 2024 - 09:32
 0
नरेशका वकिलको दाबी : ममता जीवितै छिन्, अपरिचित महिलासँग निस्किएकी थिइन्

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्ले अझै जीवितै रहेको श्रीमान् नरेश भट्टका वकिलले दाबी गरेका छन् ।

नरेशका वकिल बेन अब्राहमले अदालतमा यस्तो दाबी गरेका हुन् ।

वासिङ्टन पोस्टकाअनुसार उनले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको र ममता आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरे । उनले यसो भन्दा अदालतमा उपस्थितहरु हाँसेका थिए ।

ममतामाथि नरेशले कुनै हानि नगरेको अब्राहमको दाबी छ ।

फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिने अन्य प्रमाणहरु पनि संकलन गरेर लगेको थियो । अहिले नरेशविरुद्ध शरीर लुकाएको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ ।

अब्राहमले अभियोजकहरूले अगस्ट २ मा मनसास पार्कमा पुलिसद्वारा कल्याणकारी जाँचको क्रममा नरेशको श्रीमती बेपत्ता भएकोमा उनको प्रारम्भिक प्रतिक्रियालाई नै गलत भएको बताए ।

भट्टलाई दोषी ठहराउन पर्याप्त प्रमाण नभएको उनको दाबी छ । उनले मुद्दा टुंगो लगाउन ढिलाइ नगर्नसमेत आग्रह गरे ।

नरेशका वकिलको दाबी सुनेर विना खड्काले आफूलाई आक्रोशित बनाएको बताइन् । उनले भनिन्, ‘म नरेशलाई हेरिरहेको थिएँ, उनी जीवित थिइन्, लुकिरहेकी थिइन्, आफ्नी श्रीमतीप्रति किन अलिकति पनि उसको आँशु आउँदैन ? किन ऊ केही बोलिरहेको छैन ?’

ममताका साथीहरुले आफ्नी छोरीको पहिले जन्मदिनमा पनि ममताको कुनै सन्देश नआएकाले पनि उनी जीवित नरहेको बताउने गरेका छन् ।

ममता काफ्ले प्रकरण : ब्लुस्टार प्रविधिले देखायो घरभित्र रगतका टाटा, फोटो सार्वजनिक

तीज मनाउन नेपाल आउने तयारीमा थिइन् ममता, प्रतीक्षामा सजिएको घर डुब्यो शोकमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register