सेयर बजारमा झिनो सुधार, कारोबार रकम खुम्चिँदै 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा झिनो अंकको सुधार भएको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २७८६ दशमलव ४० को विन्दुमा पुगेको छ । आज ३२६ कम्पनीका १ लाख ६८ हजार १ सय ७५ पटकको कारोबारमा ३ करोड ५० लाख ७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ […]

Aug 28, 2024 - 10:43
 0
सेयर बजारमा झिनो सुधार, कारोबार रकम खुम्चिँदै 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा झिनो अंकको सुधार भएको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २७८६ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आज ३२६ कम्पनीका १ लाख ६८ हजार १ सय ७५ पटकको कारोबारमा ३ करोड ५० लाख ७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय रुपैयाँ रहेको छ ।

९७ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ । ६ वटा उपसमूह घट्दा ७ वटा बढेको छ । लिबेर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरमा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

भने, आज सर्वाधिक कारोबार हुनेमा चन्द्रागिरि हिल्स रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register