गौरीगञ्जमा आगलागी हुँदा ३१ लाखको क्षति

झापा, १ असोज । झापाको गौरीगञ्ज गाउँपालिकामा आज भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ । आज बिहान ९ बजेतिर गौरीगञ्ज–६ देवकोटा टोलका कृष्ण राजवंशीको घरमा आगलागी भएको थियो । टिनको छाना भएको, इँटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट राजवंशीको [...] The post गौरीगञ्जमा आगलागी हुँदा ३१ लाखको क्षति appeared first on Jhapa Online.

Sep 17, 2024 - 11:53
 0
गौरीगञ्जमा आगलागी हुँदा ३१ लाखको क्षति

झापा, १ असोज । झापाको गौरीगञ्ज गाउँपालिकामा आज भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ । आज बिहान ९ बजेतिर गौरीगञ्ज–६ देवकोटा टोलका कृष्ण राजवंशीको घरमा आगलागी भएको थियो ।

टिनको छाना भएको, इँटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट राजवंशीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको नगद ५ लाख ५० हजार, साँढे ३ तोला सुन, चाँदी ५० तोला, अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी र मोहन दासको पनि क्षति भएको छ । गौरीगंज गाउँपालिका–६ घर भई सोही घरमा डेरा गरी बस्ने लेखापढी व्यवसायी राजवंशीको कोठाभित्र रहेको नगद १० हजार, सुन २ तोला, चाँदी ७ तोला, अन्नपात, लत्ताकपडा, भाडावर्तन, कागजपत्र, नागरिकता ५० वटा, धनी पुर्जा ४० वटा जलेर नष्ट भएको हो । उनको ४ लाख बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै गौरीगंज गाउँपालिका–६ घर भई सोही घरमा डेरा गरी बस्ने दासको कोठाभित्र रहेको चाँदी १० तोला, अन्नपात, लत्ताकपडा, भाडावर्तन र कागजपत्र जलेको छ । उनको पनि करिब २ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय गौरीगंजको टोली, गौरादह, दमक र कमलको दमकल तथा स्थानीय बासीको सहयोगमा १०ः०५ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

The post गौरीगञ्जमा आगलागी हुँदा ३१ लाखको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register