देउवाको प्रण- संविधान संशोधन लोकतन्त्रको खिलापमा हुने छैन

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमार्फत संविधान सुधारिने बताएका छन् । मङ्गलबार कांग्रेसद्वारा काठमाडौंमा आयोजित संविधानविशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “संविधान संशोधनमार्फत सुधार्ने हो,” देउवाले भने, “यो लोकतन्त्र वा प्रजातन्त्रको खिलापमा हुने छैन । हामी सबै प्रजातन्त्रको पक्षमा लडेका मान्छेहरू छौँ । त्यसमा शङ्का […]

Sep 17, 2024 - 11:56
 0
देउवाको प्रण- संविधान संशोधन लोकतन्त्रको खिलापमा हुने छैन

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमार्फत संविधान सुधारिने बताएका छन् ।

मङ्गलबार कांग्रेसद्वारा काठमाडौंमा आयोजित संविधानविशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“संविधान संशोधनमार्फत सुधार्ने हो,” देउवाले भने, “यो लोकतन्त्र वा प्रजातन्त्रको खिलापमा हुने छैन । हामी सबै प्रजातन्त्रको पक्षमा लडेका मान्छेहरू छौँ । त्यसमा शङ्का नगर्नु ।”

फरक प्रसङ्गमा प्रदेशलाई अझ बलियो बनाउनुपर्ने बताए । “प्रदेश संरचना लागू भइसकेको छ । अब यसलाई हटाउने कुरा भएन । त्यसलाई कसरी अझ अकाउन्टेबल बनाउने भन्ने कुरा प्रमुख हो । हामी त्यसैगरी अगाडि बढ्ने हो,” उनले भने ।

उनले समावेशी, समानुपातिकलाई हटाउनेबारे सोच्न नसकिने बताए । “कतिपय समुदाय आफैँ प्रत्यक्ष निर्वाचन जित्न नसक्ने अवस्थामा छन् । उनीहरूको समान सहभागिताका लागि पनि समानुपातिक व्यवस्थालाई हटाउने कुरा भएन । यसलाई अझ प्रभावकारी बनाउने हो,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register