संविधान संशोधन गर्दा केमा ध्यान दिने ? संविधानविद् शाक्यका दुई सुझाव

काठमाडौं । संविधानविद् पूर्णमान शाक्यले वर्तमान संविधानको विकल्प नभएको स्पष्ट पारेका छन् । मङ्गलबार काठमाडौंमा नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाक्यले यस्तो बताएका हुन् । “यो संविधानको विकल्प छैन,” शाक्यले भने, “यो संविधान खारेज हुनु भनेको जनताको सार्वभौम अधिकार खारेज हुनु हो । यो संविधानलाई कुनै पनि हालतमा अगाडि बढाउनुपर्छ । परिमार्जन […]

Sep 17, 2024 - 11:48
 0
संविधान संशोधन गर्दा केमा ध्यान दिने ? संविधानविद् शाक्यका दुई सुझाव

काठमाडौं । संविधानविद् पूर्णमान शाक्यले वर्तमान संविधानको विकल्प नभएको स्पष्ट पारेका छन् । मङ्गलबार काठमाडौंमा नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाक्यले यस्तो बताएका हुन् ।

“यो संविधानको विकल्प छैन,” शाक्यले भने, “यो संविधान खारेज हुनु भनेको जनताको सार्वभौम अधिकार खारेज हुनु हो । यो संविधानलाई कुनै पनि हालतमा अगाडि बढाउनुपर्छ । परिमार्जन गर्ने हो, परिस्कृत गर्ने हो तर, यो संविधानको विकल्प छैन ।”

शाक्यले वर्तमान संविधान ‘जिरो ड्राफ्ट’बाट सुरु गरेरकाले पनि जनताका आम मूल्य र मान्यता अङ्गीकार भएको बताए । “संविधान हामीले होइन, जनताले नै ड्राफ्ट गरेका हुन्,” उनले भने, “हामी ड्राफ्ट गरेर जनतामा गएका होइनौँ, ड्राफ्ट गर्नुअघि नै गएका हौँ र ड्राफ्ट गरेपछि पनि कस्तो भयो भनेर जनताकहाँ नै गएका हौँ । त्यसैले यो संविधान हामीलाई चाहिन्छ, जनतालाई चाहिन्छ । तुलनात्मक रूपमा जनताको संविधान यही हो ।”

उनले २०४७ सालको संविधान पनि पूर्ण लोकतन्त्रिक रहेको तर, जनताका मूल्य र मान्यता समेट्न नसक्दा टिक्न नसकेको बताए । “तर, यो त्यस्तो छैन । कमसेकम यो माटो सुहाउँदो छ,” उनले भने, “पूर्ण लोकतान्त्रिक मात्रै भएर हुँदैन । त्यसले जनताका माग र मुद्दालाई उच्च ध्यान दिनुपर्छ । यो संविधानले दिएको देखिन्छ। कहीँ कमजोरी भए सुधार्नुपर्छ ।”

शाक्यले कमीकजोरी रहेको ठाउँमा संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । “यो संविधानलाई अझ बढी प्रभावकारी बनाउनुपर्छ । त्यो बाटो संशोधन नै हो,” उनले भने ।

तर, संशोधनमा मुख्यगरी दुईवटा विषयमा ध्यान दिनुपर्ने उनले बताए । शाक्यले अबको संशोधनले प्रदेश र सङ्घको राजनीतिक अस्थिरतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तहबाहेक प्रदेश र सङ्घमा राजनीतिक स्थिरता शून्य भएको उल्लेख गर्दै उनले कम्तीमा प्रदेशमा अब लगत्तैको संशोधनमा समेट्नुपर्ने बताए ।

“स्थानीय तहलाई छाडेर हेर्दाखेरि प्रदेश र सङ्घमा ६/६ महिना वा त्यसभन्दा पनि कम समयमा सरकारहरू बन्ने र भत्कने भइरहेका छन् । यसलाई अबको संशोधनले सम्बोधन गर्नुपर्छ । त्यहाँको सरकार जनताबाट सिधै निर्वाचित हुने व्यवस्थामा जाऔँ । प्रदेशमा कस्तो हुन्छ हेरौँ र राम्रो भयो भने केन्द्रमा पनि त्यही गरौँला,” उनले भने ।

उनको अर्को सुझाव छ, त्यस्तो सरकारलाई केन्द्रले विघटन गर्न सक्ने हुनुपर्छ । “तर, त्यो एकदमै महत्त्वपूर्ण बेलामा मात्रै गर्न सकिने हुनुपर्छ,” उनले भने, “त्यसका लागि छुट्टै बहस हुनुपर्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register