रविप्रति शंकरको कटाक्ष- जान्नेलाई छान्ने राजनीतिले कस्तो विकल्प दिन खोजेको रहेछ, स्पष्टै भयो

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दिन खोजेको विकल्प र सुशासन स्पष्टै भएको भन्दै कटाक्ष गरेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी विशेष संसदीय समितिले कारबाहीका लागि सिफारिस गरेकोको सन्दर्भमा महासचिव पोखरेलले यस्तो कटाक्ष गरेका हुन् । “जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा […]

Sep 18, 2024 - 06:12
 0
रविप्रति शंकरको कटाक्ष- जान्नेलाई छान्ने राजनीतिले कस्तो विकल्प दिन खोजेको रहेछ, स्पष्टै भयो

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दिन खोजेको विकल्प र सुशासन स्पष्टै भएको भन्दै कटाक्ष गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी विशेष संसदीय समितिले कारबाहीका लागि सिफारिस गरेकोको सन्दर्भमा महासचिव पोखरेलले यस्तो कटाक्ष गरेका हुन् ।

“जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो, हैन र ?,” महासचिव पोखरेलले आफ्नो आधिकारिक फेसबूकमा भनेका छन् ।

अगाडि उनले भनेका छन्, “कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register