राप्रपाले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले स्वदेशका साथै प्रवासमा समेत पार्टी र पार्टीको एजेण्डाप्रति आकर्षण देखिएकोले  यसलाई संगठनको दायरामा ल्याउन पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको जनाएको छ । साथै २०८१ लाई पार्टी प्रवेशको वर्षका रुपमा मनाउने पनि राप्रपाको निर्णय […]

Sep 8, 2024 - 16:51
 0
राप्रपाले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले स्वदेशका साथै प्रवासमा समेत पार्टी र पार्टीको एजेण्डाप्रति आकर्षण देखिएकोले  यसलाई संगठनको दायरामा ल्याउन पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको जनाएको छ । साथै २०८१ लाई पार्टी प्रवेशको वर्षका रुपमा मनाउने पनि राप्रपाको निर्णय छ ।

बैठकले केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ । यस्तै बैठकले आफ्नो पार्टी कार्यालय रहने नयाँ भवन चाबहिलमा बनाउने निर्णय गरेको छ ।

आर्थिक विभागका प्रमुख दिनेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register