६० रुपैयाँले बढ्यो हरियो खुर्सानीको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो खुर्सानीको मूल्य बढेको छ । हरियो खुर्सानीको मूल्य ६० रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी १३० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो […]

Sep 18, 2024 - 06:56
 0
६० रुपैयाँले बढ्यो हरियो खुर्सानीको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो खुर्सानीको मूल्य बढेको छ । हरियो खुर्सानीको मूल्य ६० रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी १३० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ५४ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ११० रुपैयाँ, लोकल गाजर १००  रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो २५, तने बोडी ५०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, टाटे सिमी ७०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ५०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ४०, भिण्डी ३०, पिंडालू ५०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ६००, पार्सले १८००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २१०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १३०, खुर्सानी हरियो (बुलेट) १३०, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी १००, हरियो लसुन २००, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ४००, अंगुर (कालो) ३५०, मौसम १००, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो १५, निबुवा ५०, अम्बा १२०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register