‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातका कारण निधन

काठमाडौं । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । फोनिक्स फिट्शालाका राईले केहीदिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । राई मोरङको बेलबारीका […]

Sep 18, 2024 - 07:08
 0
‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातका कारण निधन

काठमाडौं । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।

बुधबार बिहान ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

फोनिक्स फिट्शालाका राईले केहीदिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

राई मोरङको बेलबारीका हुन् । उनी टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register