‘नेशनल डे कन्सर्ट’को भव्य तयारी… (फोटो-कथा)

काठमाडौँ । संविधान दिवसको दिन दरबारमार्गमा हुने ‘नेशनल डे कन्सर्ट’ का लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ । असोज ३ गते हुने कन्सर्टको लागि तयारी सुरू भएसंगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने […]

Sep 18, 2024 - 08:16
 0
‘नेशनल डे कन्सर्ट’को भव्य तयारी… (फोटो-कथा)

काठमाडौँ । संविधान दिवसको दिन दरबारमार्गमा हुने ‘नेशनल डे कन्सर्ट’ का लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ । असोज ३ गते हुने कन्सर्टको लागि तयारी सुरू भएसंगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register