सामसङको ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक  

काठमाडौं । चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङको “भव्य दशैं तिहार, घर भरि उपहार” अफर सार्वजनिक भएको छ । यो अफरद्वारा ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नयाँ सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने व्यवस्था छ । साथै,  चुनिएका सामसङ फ्रन्ट लोड […]

Sep 18, 2024 - 08:20
 0
सामसङको ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक  

काठमाडौं । चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङको “भव्य दशैं तिहार, घर भरि उपहार” अफर सार्वजनिक भएको छ ।

यो अफरद्वारा ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नयाँ सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने व्यवस्था छ ।

साथै,  चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने छन् ।

लगातार १८ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, ४के युएचडी, क्युएलईडी, नियो क्युएलईडी ४के टिभी र फ्रेम टिभीहरूमा आकर्षक छुट मूल्यमा मात्रै नभई विशेष बोनस उपहारहरू सहित क्यासब्याकहरू प्रदान गरेको छ ।

क्यासब्याक सँगसँगै ग्राहकहरूले क्युएलईडी वा त्यो भन्दा माथिको सामसङ टिभी मोडलहरू खरिद गर्दा पहिलो आउनेले पहिलो सेवा पाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदान गरिएको १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्नेछन् ।

यो लाभको फाइदा उठाउन वर्ल्डलिङ्क इन्टरनेट र नेट टिभी जडानको लागि नियमित स्थापना शुल्कहरू भने ग्राहकहरूले आफै तिर्नु पर्नेछ । आईएसपी प्रदायकको एकल विवेकमा प्रदान हुने यो प्रस्ताव प्राप्त गर्न अन्य स्त्यन्डर्ड नियम र सर्तहरू पनि लागू हुनेछन् ।

साथै खरिद गरिएका टि, ए, बि, सी र डी–सिरिजका सामसङ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी छ । यद्यपि यो वारेन्टी टिभी रिमोटहरूमा विस्तार गर्दैन । थप रूपमा, चुनिएका सामसङ टिभीहरू खरिद गर्दा, ग्राहकहरूले घरमा रिएल इमर्सिभ टिभी हेर्ने अनुभव ल्याउन साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्छन् ।

यो अफर सामसङको रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक दायरामा पनि विस्तारित छ । ग्राहकहरूले यस चाडपर्वको सिजनमा कन्भरटेबल ५–इन–१ रेफ्रिजरेटरको कन्भरटेबल जीवनशैलीमा अपग्रेड गर्न सक्नेछन् ।

साथै विशेष छुटसहित एआई इकोबबल वाशिङ मेसिनसँग स्वचालित रूपमा अप्टिमाइज्ड क्लिन, पावरफुल र जेन्टल वाश प्राप्त गर्न सक्नेछन् । यसबाहेक, ८ केजीभन्दा बढी क्षमता भएको सामसङ फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्दा ग्राहकले ६ केजी सर्फ एक्सेल म्याटिक निःशुल्क प्राप्त गर्नेछन् ।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ । जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि ० प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिन्छ ।

इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्छ । नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ । थप रूपमा, ग्राहकहरूलाई अर्को स्टोरबाट माथि उल्लिखित सामसङ उत्पादनहरूका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरू वा टिभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वा होम अप्लाएन्सहरू किन्ने सुविधा उपलब्ध छ ।

यो योजना सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स– हिम इलेक्ट्रोनिक्स प्रा लि र त्रिवेणी व्यापार प्रा लिका आधिकारिक वितरकहरूले नेपालभर उपलब्ध गराएको छ । यो योजना कार्तिक ३०, २०८१ सम्म मान्य रहने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register