रेडक्रस सुरुङ्गाका संस्थापक सभापति उप्रेतीको निधन

सुरुङ्गा, २ असोज । नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका संस्थापक सभापति तथा जग्गादाता गेहनाथ उप्रेतीको निधन भएको छ। सामाजिक कार्यमा सधैं अग्रसर रहनु भएका स्वर्गीय उप्रेतीले रेडक्रसका विभिन्न सेवाहरूमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उहाँको असोज १ गते निधन भएको हो । लामो समयसम्म कनकाई नगरपालिका–७ दुर्गापुरमा बसोबास गर्दै आएका उप्रेती हाल कनकाई नगरपालिका–३, रेडक्रस टोल [...] The post रेडक्रस सुरुङ्गाका संस्थापक सभापति उप्रेतीको निधन appeared first on Jhapa Online.

Sep 18, 2024 - 08:57
 0
रेडक्रस सुरुङ्गाका संस्थापक सभापति उप्रेतीको निधन

सुरुङ्गा, २ असोज । नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका संस्थापक सभापति तथा जग्गादाता गेहनाथ उप्रेतीको निधन भएको छ। सामाजिक कार्यमा सधैं अग्रसर रहनु भएका स्वर्गीय उप्रेतीले रेडक्रसका विभिन्न सेवाहरूमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उहाँको असोज १ गते निधन भएको हो ।

लामो समयसम्म कनकाई नगरपालिका–७ दुर्गापुरमा बसोबास गर्दै आएका उप्रेती हाल कनकाई नगरपालिका–३, रेडक्रस टोल सुरुङ्गामा बस्दै आएका थिए। स्व. उप्रेतीका धर्मपत्नी कमलादेवी, ३ भाइहरू पदम, गोपाल र गङ्गाप्रसाद, ३ छोराहरू डा. राजेन्द्र, शङ्कर र योगेन्द्र, र ४ छोरीहरू उर्मिला, ईश्वरा, जानुका र संजिता रहेका छन्। उप्रेतीको असोज १ गते नै कनकाई घाटमा वैदिक विधिपूर्वक दाहसंस्कार गरिएको छ ।

The post रेडक्रस सुरुङ्गाका संस्थापक सभापति उप्रेतीको निधन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register