झापामा २८ जना बेसहारा नागरिकको उद्धार

झापा, २४ भदौ । झापाका विभिन्न स्थानबाट २८ जना बेसहारा नागरिकको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुको उद्धार गरिएको मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उनीहरु हाल मेचीनगरस्थित आश्रममा आश्रय लिएर बसिरहेका छन् । सोमबार मात्रै झापाको बिर्तामोड नगरपालिका क्षेत्रबाट एक बृद्धसहित तीन जना बेसाहारा नागरिकको उद्धार गरिएको उहाँले [...] The post झापामा २८ जना बेसहारा नागरिकको उद्धार appeared first on Jhapa Online.

Sep 10, 2024 - 02:44
 0
झापामा २८ जना बेसहारा नागरिकको उद्धार

झापा, २४ भदौ । झापाका विभिन्न स्थानबाट २८ जना बेसहारा नागरिकको उद्धार गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट उनीहरुको उद्धार गरिएको मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उनीहरु हाल मेचीनगरस्थित आश्रममा आश्रय लिएर बसिरहेका छन् ।

सोमबार मात्रै झापाको बिर्तामोड नगरपालिका क्षेत्रबाट एक बृद्धसहित तीन जना बेसाहारा नागरिकको उद्धार गरिएको उहाँले बताउनुभयो । मानव सेवा आश्रमका प्रतिनिधि, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगर प्रहरी लगायतको टोलीले उनीहरुको उद्धार गरिएको हो ।

बिर्तामोड–४ बाट ९० वर्षीय छबिलाल तिम्सिना, बिर्तामोड–३ बाट १८ वर्षीय उजित सिं र बिर्तामोड–६ बाट २२ वर्षीया विनिशा गौतमको उद्धार गरिएको छ । बृद्ध तिम्सिना लामो समयदेखि बिरामी अवस्थामा त्यहाँस्थित कटेरोमा सुतेको अवस्थामा फेला परेका थिए ।

बिर्तामोडको सैनिकमोड स्थित एक निर्माणाधीन घरमा रात कटाउँदै आएका सिंको मानसिक सन्तुलन ठिक नभएको र कहिले काँकरभिट्टा, कहिले गरामनी र कहिले भारतको पानीट्ङकी घर बताउने गरेका छन् ।

उद्धार गरिएकी गौतमको समेत मानसिक सन्तुलन ठीक छैन भने बिर्तामोडको बुट्टाबारी नजिकै शुभबिहानी टोलबाट उद्धार गरिएकी उहाँले आफ्नो ठेगाना मोरङको गछिया बताउने गर्नुभएको छ ।

उद्धार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगर क्षेत्रमा बेसहारा नागरिक भेटिए उद्धार गरिने भएकाले जानकारी गराउन आग्रह गर्नुभयो ।

The post झापामा २८ जना बेसहारा नागरिकको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register