मुक्तिनाथ फाउण्डेसनद्धारा रक्तदान तथा नि:शुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । मुक्तिनाथ फाउण्डेसनले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस फाउण्डेसनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा ५५ पोका रगत सङ्कलन भएको छ भने ४८ जनाले नि:शुल्क दन्त परीक्षण सेवा लिएका छन् । रक्तदान कार्यक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त […]

Sep 18, 2024 - 09:20
 0
मुक्तिनाथ फाउण्डेसनद्धारा रक्तदान तथा नि:शुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । मुक्तिनाथ फाउण्डेसनले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस फाउण्डेसनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा ५५ पोका रगत सङ्कलन भएको छ भने ४८ जनाले नि:शुल्क दन्त परीक्षण सेवा लिएका छन् । रक्तदान कार्यक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।

त्यस्तै, दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो । सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार, सञ्चालक सिताराम काफ्लेले १० हजार तथा सञ्चालक राम प्रसाद पोख्रेलले १५ हजार संस्थालाई आ-आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register