दुहबीमा गणेश चतुर्थी महोत्सव : ६१ किलोको लड्डु भोग

सुनसरी, २२ भदौ । सुनसरीको दुहबीमा ६१ किलोको लड्डु भोग लगाई सातौँ श्री गणेश चतुर्थी महोत्सव २०८१ सुरु भएको छ । दुहबी नगरपालिका–५ स्थित श्री गणेश पूजा समिति दुहबीको आयोजनामा दुहबी नगर प्रमुख वेदनारायण गच्छदार तथा उनकी धर्मपत्नी सङ्गीत गच्छदारले आज भगवान् श्री गणेशको बिधिवत पूजा अर्चना तथा आरती गरी गणेश चतुर्थी महोत्सवको शुभारम्भ गर्नुभयो [...] The post दुहबीमा गणेश चतुर्थी महोत्सव : ६१ किलोको लड्डु भोग appeared first on Jhapa Online.

Sep 7, 2024 - 11:20
 0
दुहबीमा गणेश चतुर्थी महोत्सव : ६१ किलोको लड्डु भोग

सुनसरी, २२ भदौ । सुनसरीको दुहबीमा ६१ किलोको लड्डु भोग लगाई सातौँ श्री गणेश चतुर्थी महोत्सव २०८१ सुरु भएको छ ।

दुहबी नगरपालिका–५ स्थित श्री गणेश पूजा समिति दुहबीको आयोजनामा दुहबी नगर प्रमुख वेदनारायण गच्छदार तथा उनकी धर्मपत्नी सङ्गीत गच्छदारले आज भगवान् श्री गणेशको बिधिवत पूजा अर्चना तथा आरती गरी गणेश चतुर्थी महोत्सवको शुभारम्भ गर्नुभयो ।

दुहबीमा सातौँ पटक भएको गणेश चतुर्थी महोत्सवमा भगवान् गणेशको ८ फिटको प्रतिमा स्थापन गरी ६१ किलोको लड्डु भोग लगाइएको पूजा समितिका मोनु साहले बताउनुभयो । आज बेलुकी स्थानीय तथा भारतीय कलाकार कोलकाताबाट प्रख्यात भजन गायिका रानी मन्जित कौर र प्रीति सोनीद्वारा सङ्गीत भजन कीर्तन हुनुका साथै दुई दिनसम्म बिहान र बेलुकी पूजा आरती र भजन सन्ध्याको कार्यक्रम रहने पूजा समितिले जनाएको छ ।

The post दुहबीमा गणेश चतुर्थी महोत्सव : ६१ किलोको लड्डु भोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register