आदर्श प्राविले गर्यो दाता र पूर्वप्राध्यापकलाई सम्मान

कचनकवल, ३० भदौ । झापाको कचनकवल गाउँपालिका–२ स्थित आदर्श प्राथमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका जग्गादाता तथा पूर्व प्रधानाध्यापकलाई विदाई र सम्मान गरेको छ । विद्यालय सञ्चालन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका दुईजना जग्गादाता र एक पूर्व प्रधानाध्यापकलाई कार्यक्रमका बीच सम्मान गरिएको हो। विद्यालयको निर्माण र विस्तारका लागि हरिकृष्ण बजगाईँले दुई कट्ठा र [...] The post आदर्श प्राविले गर्यो दाता र पूर्वप्राध्यापकलाई सम्मान appeared first on Jhapa Online.

Sep 15, 2024 - 15:53
 0
आदर्श प्राविले गर्यो दाता र पूर्वप्राध्यापकलाई सम्मान

कचनकवल, ३० भदौ । झापाको कचनकवल गाउँपालिका–२ स्थित आदर्श प्राथमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका जग्गादाता तथा पूर्व प्रधानाध्यापकलाई विदाई र सम्मान गरेको छ ।

विद्यालय सञ्चालन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका दुईजना जग्गादाता र एक पूर्व प्रधानाध्यापकलाई कार्यक्रमका बीच सम्मान गरिएको हो।

विद्यालयको निर्माण र विस्तारका लागि हरिकृष्ण बजगाईँले दुई कट्ठा र रामप्रसाद ढुंगानाले पाँच कट्ठा जग्गा प्रदान गरेका थिए। विद्यालयले उनीहरूको अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओढाई र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो। विद्यालयका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जग्गादाताहरूलाई प्रशंसाका गर्दै विद्यालयको हितमा योगदान पुर्‍याउनेहरूलाई सधैं सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।

यसै अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक भवानी प्रसाद फुयाललाई पनि बिदाई गरिको थियो। फुयालले विद्यालयको विकास र गुणस्तर सुधारमा पुर्याएको योगदानलाई उल्लेख गर्दै उनलाई पनि विशेष सम्मान गरिएको हो।

विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम ढकाले सञ्चालन गरेको कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथि गाउँ कार्यपालिका सदस्य उमाशंकर गणेश थिए। त्यस्तै अतिथिहरुमा वडा नं। २ की कार्यवाहक वडा सदस्य मनमाया चौहान, समाजसेवी गीता भट्टराई, दिल्लीराम श्रेष्ठ, वडा सदस्य अमृता बोगटी, जग्गादाता रामप्रसाद ढुंगाना र शान्ता ढुंगाना, हरिकृष्ण बजगाईँ लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

The post आदर्श प्राविले गर्यो दाता र पूर्वप्राध्यापकलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register