नेप्सेमा ४ अंकको करेक्सन, जानकार भन्छन्-`भिसेप रिकभरी हुन्छ´

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्सेमा करेक्सन देखिएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ । बजारमा छिट्टै भिसेप रिकभरी देखिने सेयर […]

Sep 18, 2024 - 10:56
 0
नेप्सेमा ४ अंकको करेक्सन, जानकार भन्छन्-`भिसेप रिकभरी हुन्छ´

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्सेमा करेक्सन देखिएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बजारमा छिट्टै भिसेप रिकभरी देखिने सेयर बजारका जानकारहरुको भनाई छ ।

आज सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ५८ लाख ८ हजार ५ सय ८४. ८० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बुधबारको बजारमा सबैभन्दा धेरै नाफा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

यता, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register