युवतीलाई पनि क्रूर यातना दिन्थे ‘सुगर ड्याडी’, नाइट क्लबमा रमाइलोपछि अपार्टमेन्ट लगेर डाम्थे

पोखरा घर भएकी एक युवतीलाई पनि देउलाले यातना दिएको भन्दै प्रहरीमा जाहेरी परेको हो । बूढानीलकण्ठ घर भएका देउलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि पीडितहरू प्रहरीको सम्पर्कमा पुग्ने क्रम जारी छ ।

Sep 18, 2024 - 10:48
 0
युवतीलाई पनि क्रूर यातना दिन्थे ‘सुगर ड्याडी’, नाइट क्लबमा रमाइलोपछि अपार्टमेन्ट लगेर डाम्थे

काठमाडौं । ‘सुगर ड्याडी’ बनेर युवकहरूलाई क्रूर यातना दिने आशिष देउलाबाट युवतीहरू पनि पीडित भएको खुलेको छ ।

१८ भदौदेखि जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा रहेका उनीविरुद्ध पीडित एक युवती प्रहरीको सम्पर्कमा पुगेकी छन् । पोखरा घर भएकी ती युवतीलाई पनि देउलाले यातना दिएको भन्दै प्रहरीमा जाहेरी परेको हो ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ घर भएका देउलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि पीडितहरू प्रहरीको सम्पर्कमा पुग्ने क्रम जारी छ ।

आइतबार मात्रै धादिङ घर भएका एक युवकले परिसरमा देउलाविरुद्ध जाहेरी दिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । अरू पीडित भए सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

एक युवकले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान गरेको थियो ।

उनका अनुसार देउलाले गत वैशाखमा काठमाडौंको क्षेत्रपाटीबाट गाडीमा राखेर बूढानीलकण्ठस्थित आफ्नो घरमा लगेका थिए ।

युवतीले भने देउला प्रहरी हिरासतबाट छुटेपछि फेरि यातना दिनसक्ने भन्दै कतिपय पीडितहरूले जाहेरी दिन आनाकानी गरेको प्रहरी स्रोत बताउँछ ।

आइतबार जाहेरी दिएका युवकलाई पनि देउलाले त्यही बेला यातना दिएका थिए ।

आइतबार उजुरी दिएका धादिङका युवाले आफूलाई नङमा सियोले रोप्ने, तातो फलामले डाम्ने, मलद्वारमा लट्ठी घुसार्ने जस्ता काम गरेको जाहेरीमा उल्लेख छ ।

तर, उनलाई पनि जाहेरी दिन सहमत गराउन एक साता लागेको प्रहरी अधिकारीहरू बताउँछन् । यसअघि जाहेरी दिएका युवालाई देउलाले लगनटोलस्थित एक घरमा लगेर यातना दिएका थिए ।

देउलाले नाइट क्लबमा जाँदा नकाव लगाउँथे । तालु खुइलिएको, अनुहार चाउरिएको वृद्ध पुरुष देखिने नकाव लगाएर रोमान्स गर्थे ।

‘सुगर ड्याडी’को खतरनाक ‘डबल रोल’ : दिनमा युवा उद्यमी, रातमा बूढो अपराधी ! (भिडिओ)

गएर युवतीसँग रोमान्स गरेका भिडिओ र तस्वीरहरू सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने गरेका थिए । यस्तो रोमान्स गर्ने बेलामा अरूले नचिनुन् भनेर उनले नकाव लगाउँथे ।

नाइट क्लब लगेर रमाइलो गराएका व्यक्तिलाई नै देउलाले चरम यातना दिने गरेको आरोप लागेको छ ।

पीडित भनिएका तीनै जना देउलाका चिनजानका व्यक्ति हुन् । देउलाले क्लबमा भेटिने व्यक्तिसँग चिनजान गर्थे । उनीहरूले खाएको पिएको बिल तिर्थे । केही दिन साँझ क्लबमा रमाइलो गरेपछि विश्वास जित्थे । र घरमा लगेर यातना दिन्थे ।

क्रूर बनेर विना कारण निर्दोष व्यक्तिलाई यातना दिएकाले उनी मानसिक रुपमा पूर्ण ठीक नभएको प्रहरी अधिकारीहरू बताउँछन् । उनीमा देखिएको संकेत स्याडिस्ट (परपीडक) भएको हुनसक्ने आशंका प्रहरीको छ ।

अरूको पीडामा रमाउने मान्छेलाई स्याडिस्ट भनिन्छ । कुनै रिसभाव नभएको व्यक्तिलाई नै पीडा पर्दा आनन्द लिनेहरू स्याडिस्ट हुन् ।

यसरी चरम यातना दिँदा सुगर ड्याडी ऊर्फ देउलाले आनन्द लिन्थे । यसबारे अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

किशोरहरूलाई उनले किन यातना दिए भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अधिकारी बताउँछन् । उनले भने, “यातना दिनुपर्ने कारण खोज्दै छौँ ।”

किन उनी यति क्रूर बने भन्नेबारे प्रहरीले समेत यथार्थ पत्ता लगाउन सकेको छैन । उनमा मानसिक समस्या जस्तो देखिन्छ । किनकि कहिले राम्रै कुरा गर्छन्, कहिले अलि अपत्यारिलो कुरा गर्छन् ।

‘सुगर ड्याडी’बाट परिचित देउला धनाढ्य परिवारका हुन् । बूढानीलकण्ठ घर भएका उनको काठमाडौंमै प्रशस्त जग्गा जमिन छ । उनले यसरी फालाफाल गरेर खर्च गर्ने रकम जग्गा बेचेर जुटाउने गरेको बताएका छन् । उनी ठेक्कापट्टाको काम गर्छन् ।

अघिपछि ५\६ जना केटाहरू लिएर कारमा हिँड्ने उनमा अरूलाई यातना दिएर आनन्द लिने बानी परेको छ ।

०००

अस्वाभाविक बानीव्यवहार देउलाका परिवारलाई थाहा नभएको बताइएको छ । प्रहरीले बूढानीलकण्ठस्थित देउलाको परिवारका सदस्यहरूसँग सोधपुछ गरेको थियो । तर, कसैले पनि जानकार रहेको बताएनन् ।

परिवारका सदस्यले समेत आफूहरू दिनभर काममा व्यस्त हुन्थे । देउला पनि आफ्नो काममा व्यस्त हुन्थे ।

साँझमा के गर्थे थाहा नभएको बताएका काठमाडौं प्रहरी परिसरका प्रहरी अधिकारीहरू बताउँछन् । देउला पछिल्लो समय प्रि–फ्याबसम्बन्धी काम गर्ने गर्थे । उनको बूढानीलकण्ठमा हार्डवेयरको पसल समेत छ ।

अपहरण तथा शरीर बन्धकको मुद्दा

देउलाको साथबाट प्रहरीले टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई परिसरको टोलीले १८ भदौमा पक्राउ गरेको थियो ।

उनीहरु चार जना पक्राउ परे पनि देउला र ओजश्वीलाई मात्रै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा म्याद थप गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register