लेबनानमा पेजर आक्रमण : मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । लेबनानमा पेजरमार्फत् शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादका अनुसार मारिनेमा स्वास्थ्यकर्मी पनि रहेका छन् । घटनामा घाइते भएका २ हजार ७५० जनाको अस्पतालमा उपचार भइरहेको छ । लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम घाइतेमध्ये केहीलाई उपचारका लागि केही घाइतेलाई इरान र सिरिया […]

Sep 18, 2024 - 11:52
 0
लेबनानमा पेजर आक्रमण : मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । लेबनानमा पेजरमार्फत् शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादका अनुसार मारिनेमा स्वास्थ्यकर्मी पनि रहेका छन् । घटनामा घाइते भएका २ हजार ७५० जनाको अस्पतालमा उपचार भइरहेको छ ।

लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम

घाइतेमध्ये केहीलाई उपचारका लागि केही घाइतेलाई इरान र सिरिया पठाइएको छ तर ९८ प्रतिशतको त्यही देशमा उपचार भइरहेको छ ।

यसैबीच, लेबनानका संस्कृति मन्त्री मोहम्मद विसामले विस्फोटको बारेमा भने, ‘इजरायलविरुद्ध विजय निश्चित छ ।’

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘इजरायलको पापको कुनै सीमा छैन र हिजोको आक्रमणले इजरायल मानवताको शत्रु हो भन्ने प्रमाणित गरेको छ ।

इजरायली सेनाको तर्फबाट अहिलेसम्म कुनै बयान आएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register