लुम्बिनी प्रदेशसभा बस्दै, लोक सेवा आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

बुटवल । लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको ३४ औँ बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ सभामा पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले बताए । बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले […]

Sep 16, 2024 - 04:00
 0
लुम्बिनी प्रदेशसभा बस्दै, लोक सेवा आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

बुटवल । लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको ३४ औँ बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ सभामा पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले बताए ।

बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस हुने छ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशसभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफसहित मन्तव्य राख्ने कार्यसूची पनि रहेको छ । साथै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने समेत कार्यसूची राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register