गगनलाई धन्यवाद दिँदै देउवा भन्छन् – रवि चलाख मान्छे रहेछन्, म त छक्कै परेँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको विषयमा पार्टीका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन् । सहकारी ठगीबारे थापाले कुरा उठाउँदा विश्वास नलागेको भएपनि अहिले पुष्टि भएकाले भन्दै उनले धन्यवाद दिएका हुन् । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले भने, ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन […]

Sep 18, 2024 - 13:00
 0
गगनलाई धन्यवाद दिँदै देउवा भन्छन् – रवि चलाख मान्छे रहेछन्, म त छक्कै परेँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको विषयमा पार्टीका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन् ।

सहकारी ठगीबारे थापाले कुरा उठाउँदा विश्वास नलागेको भएपनि अहिले पुष्टि भएकाले भन्दै उनले धन्यवाद दिएका हुन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले भने, ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर ।’

उनले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको दाबी गरे ।

‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईँले जित्नुभयो, त्यसकारण धन्यवाद तपाईंलाई‚’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register