प्रो–लाइसेन्स प्राप्त प्रशिक्षकको नियुक्ति गर्दै एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ । यो लगतै एन्फाले अब फुटबलका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्नेछ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको हो । साथै अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि नयाँ प्रशिक्षक […]

Aug 30, 2024 - 03:47
 0
प्रो–लाइसेन्स प्राप्त प्रशिक्षकको नियुक्ति गर्दै एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ । यो लगतै एन्फाले अब फुटबलका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्नेछ ।

एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको हो ।

साथै अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि नयाँ प्रशिक्षक आवश्यक भएको छ । त्यसका लागि प्रो–लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको एन्फाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालले विश्वकप छनोट, एसियन कप छनोट जस्ता खेल खेल्नका लागि प्रो–लाइसेन्स प्राप्त कोच हुनुपर्ने भएकोले नेपालले फेरि विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने भएको छ । नेपालमा अहिलेसम्म प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register