मुखिया बा, म के सुन्दैछु ?

मुखिया बा, म के सुन्दैछु ? मुखिया बा जे मैले सुन्न चाहेकै थिएन तर, आज खै के सुन्दैछु तिमी त सुटुक्क मन्त्रालयको देब्रे गेटबाट छिर्छौ रे दलाल र भ्रष्टाचारीको बिलमा तिम्रो दाहिनेको साइन हात चल्छ रे भित्रभित्रै तिम्रो त शक्ति र सत्ताको आगो व्यापार छ रे जहाँ, सोझासाझा र लाटा मान्छेहरूको मोलतोल र मानव किनबेच […]

Sep 14, 2024 - 02:20
 0
मुखिया बा, म के सुन्दैछु ?

मुखिया बा, म के सुन्दैछु ?

मुखिया बा
जे मैले सुन्न चाहेकै थिएन
तर, आज खै के सुन्दैछु
तिमी त सुटुक्क मन्त्रालयको देब्रे गेटबाट छिर्छौ रे
दलाल र भ्रष्टाचारीको बिलमा
तिम्रो दाहिनेको साइन हात चल्छ रे
भित्रभित्रै तिम्रो त शक्ति र सत्ताको आगो व्यापार छ रे
जहाँ, सोझासाझा र लाटा मान्छेहरूको
मोलतोल र मानव किनबेच हुन्छ रे
के सुन्दै छु मुखिया बा
तिम्रो त व्यापार फस्टाएको छ रे
अदालतबाट अर्थ मन्त्रालयको चेक काटिन्छ रे
गृहबाट रोजगार मन्त्रालय हुँदै
सुकुम्वासी भिसा अमेरिकाको लाग्छ रे
खै, यो के सुन्दैछु मुखिया बा ।

दैवीप्रकोप, माहामारी, भुइँचालो, बाढी पहिरो जाँदा पनि
तिम्रो मन्त्रालयका सटरहरू चल्छन् रे
बिक्री कक्षभित्रका फायलहरू
कैले गृह, कैले अर्थ त कैले सामाजिक सुरक्षा
मन्त्रालयको सटर कक्षमा पुग्छन् रे
त्यहाँ, पनि व्यापारको हिस्सा चल्छ रे
कमिसनको डिलर/लिडर दुवै हुन्छ रे
कैले मुखियाकाजी सम्हाल्नुहुन्छ रे
त कैले दर्जानी-बोजु
मुखिया बा, म यो के सुन्दैछु ?

यता हेर्‍यो कमिसन ! उता हेर्‍यो कमिसन !
यत्रतत्र सर्वत्र दलाल र पुँजिपतीको कमिसन
पाएन कमिसन, विपक्ष लुट्छौ रे
त्यो नसके देश लुट्छौ रे
त्यो पनि नसके सन्धि-सम्झौता गर्छौ रे
नियमकानून फेर्छौ रे
सन्धि-सम्झौता फेरि गर्छौ रे
अनि नेपाली जनता बेच्छौ रे
मुखिया बा, म के सुन्दैछु ।

श्रमिकले रोजगार माग्दा गोली पैले दिन्छौ
४५ डिग्रीको तातोले पोलेको रेमिटेन्स झर्दा
देशको समृद्धि भनी संसद्‌भित्र टेबुल ठोक्छौ
नेपाली नपुगेको देश छैन भन्दै घमण्ड गर्छौ
एउटा लास दूतावासमा अड्किए कमिसन खोज्छौ
लाज भो मुखिया बा ! लाज भो !
अब त देशलाई पनि हेर
आफन्त र दलाल मात्र नहेर
देशको श्राप लाग्छ मुखिया बा ! देशको श्राप लाग्छ !

कवि : वसन्त बायुङ राई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register