आफूलाई पक्रेर देखाउन सरकारलाई लिङ्देनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । बुधबार काठमाडौंमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई पत्र प्रदान गर्दै लिङ्देनले संविधान दिवसका समयमा आफूलाई राज्यले नोटिसमा राखेको खवर पाएको भन्दै पक्रेर देखाउन सरकारलाई चुनौती दिएका हुन् । आफू अहिलेको संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी र विपक्षी भएको उनले […]

Sep 18, 2024 - 13:36
 0
आफूलाई पक्रेर देखाउन सरकारलाई लिङ्देनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

बुधबार काठमाडौंमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई पत्र प्रदान गर्दै लिङ्देनले संविधान दिवसका समयमा आफूलाई राज्यले नोटिसमा राखेको खवर पाएको भन्दै पक्रेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

आफू अहिलेको संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी र विपक्षी भएको उनले बताए । उनले कुनै अराजकतामा आफ्नो भविष्य नखोजेकाले संयमता अपनाइरहेको धारणा राखे ।

लिङ्देनले अहिलेको संविधान जति परसम्म बोकेर लगिन्छ, त्यति नै जनताले दुख पाइराख्ने जिकिर गरे ।

हिजो र आजका राम्रा कुरालाई समेटेर अघि बढ्नुको विकल्प नभएको भन्दै जबर्जस्त गरे ढिलो चाँडो अहिलेको संविधान जनताले फ्याँक्ने र त्यसको नेतृत्व राप्रपाले गर्ने स्पष्ट पारे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register