मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी कार्यतालिका सार्वजनिक गरेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । कार्यतालिकाअनुसार असोज ९ गते दल दर्ताको सूचना जारी गरिनेछ […]

Sep 18, 2024 - 13:28
 0
मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी कार्यतालिका सार्वजनिक गरेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यतालिकाअनुसार असोज ९ गते दल दर्ताको सूचना जारी गरिनेछ । असोज १० देखि १६ गतेसम्म दल दर्ता हुनेछ ।

कार्तिक २७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । कार्तिक ३० गते निर्वाचन कार्यालय स्थापना हुनेछ । मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register