पाँचथरमा ग्रिनेट पड्किँदा दुई बालबालिकाको मृत्यु

झापा, १४ भदौ । पाँचथरको फालेलुङ गाउँपालिकामा ग्रिनेट पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । फालेलुङ–५ डाँडागाउँमा बिहीबार दिउँसो स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएको थिए । घाइतेमध्ये दिलिप साँवाका दुई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको मृत्यु भएको [...] The post पाँचथरमा ग्रिनेट पड्किँदा दुई बालबालिकाको मृत्यु appeared first on Jhapa Online.

Aug 30, 2024 - 04:00
 0
पाँचथरमा ग्रिनेट पड्किँदा दुई बालबालिकाको मृत्यु

झापा, १४ भदौ । पाँचथरको फालेलुङ गाउँपालिकामा ग्रिनेट पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

फालेलुङ–५ डाँडागाउँमा बिहीबार दिउँसो स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएको थिए । घाइतेमध्ये दिलिप साँवाका दुई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिनुभयो । विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको हो ।

घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि राति बीएण्डसी अस्पताल लगिएको थियो । विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन् ।

घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ। उनीहरु खतरा मुक्त छन् । ‘होममेड ग्रिनेट’ विस्फोट हुँदा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान गरे पनि त्यसको पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

The post पाँचथरमा ग्रिनेट पड्किँदा दुई बालबालिकाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register