झापामा बलात्कार मुद्दाका अभियुक्त अस्पतालबाट फरार

भद्रपुर, ३१ भदौ । अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दी फरार भएका छन् । भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह अस्पतालबाटै फरार भएका हुन् । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो । साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट आइतबार बिहान [...] The post झापामा बलात्कार मुद्दाका अभियुक्त अस्पतालबाट फरार appeared first on Jhapa Online.

Sep 16, 2024 - 01:09
 0
झापामा बलात्कार मुद्दाका अभियुक्त अस्पतालबाट फरार

भद्रपुर, ३१ भदौ । अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दी फरार भएका छन् । भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह अस्पतालबाटै फरार भएका हुन् ।

साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो । साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट आइतबार बिहान ३ बजेर ३७ मिनेटमा फरार भएको अस्पतालको सिसी टिभी क्यामराको फुटेजमा देखिन्छ । साहलाई उनीकी श्रीमतीले स्कुटर चढाएर भगाएको क्यामराको फुटेजमा प्रष्ट देख्न सकिन्छ ।

निमोनिया भएपछि साहलाई भदौ २५ गते बिहान मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । फरार भएका साह भद्रपुर–३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको बताइएको छ । स्कुटरमा श्रीमान श्रीमतीसँगै भाग्दै गर्दा त्यहाँ खटिएका सशस्त्र प्रहरीले समेत देखेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार अस्पतालमा उपचाररत रहेका बेला कैदी भागेका हुन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिसकेको उनले बताए ।

The post झापामा बलात्कार मुद्दाका अभियुक्त अस्पतालबाट फरार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register