यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सत्तारूढ दलका नेताहरू सम्मिलित संयुक्त कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको  न्यूनतम साझा कार्यक्रम बुझाएको छ । न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सदस्य रहेका थिए । कार्यदलका सदस्य रहेका कांग्रेस महामन्त्री थापाले न्यूनतम साझा कार्यक्रममा […]

Sep 18, 2024 - 18:20
 0
यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सत्तारूढ दलका नेताहरू सम्मिलित संयुक्त कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको  न्यूनतम साझा कार्यक्रम बुझाएको छ ।

न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सदस्य रहेका थिए ।

कार्यदलका सदस्य रहेका कांग्रेस महामन्त्री थापाले न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको बताए । ‘मूलतः कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा व्यक्त भएका प्रतिबद्धतालाई आधार बनाएका छौं,’ उनले भने ।

संविधान जोगाउँदै थप सुदृढ बनाउन संघीयता कार्यान्वयन, बाँकी कानुन तत्काल बनाउने लगायतका काममा जोड दिइएको उनले बताए । ‘जुनसुकै काण्डहरुको छानबिन गर्नेकुरामा हामीले जोड दिएका छौं,’ कांग्रेस महामन्त्री थापाले जिकिर गरे ।

हेर्नुहोस् न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register