नेपालको पर्यटन विकासमा चीनको साथ

काठमाडौँ। नेपालको लागि चीनको कार्यवाहक राजदूत वाङ्ग सीनले नेपालको पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवर्धनमा चीनको महत्त्वपूर्ण सहयोग रहने बताएका छन् ।  चिनिया राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेको  पाँच बर्ष पूरा भएको अवसरमा फ्रेण्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले भ्रमणको उपलब्धि र कार्यान्वयन विषयमा आयोजना गरेको अन्तर्क्रियामा कार्यवाहक राजदूत वाङ्ग सीनले […]

Sep 19, 2024 - 08:34
 0
नेपालको पर्यटन विकासमा चीनको साथ

काठमाडौँ।

नेपालको लागि चीनको कार्यवाहक राजदूत वाङ्ग सीनले नेपालको पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवर्धनमा चीनको महत्त्वपूर्ण सहयोग रहने बताएका छन् । 

चिनिया राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेको  पाँच बर्ष पूरा भएको अवसरमा फ्रेण्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले भ्रमणको उपलब्धि र कार्यान्वयन विषयमा आयोजना गरेको अन्तर्क्रियामा कार्यवाहक राजदूत वाङ्ग सीनले नेपाल र चीन बीच रहदै आएको परम्परागत सम्बन्धको चर्चा गर्दै  चीन सरकारले पहिलो चरणमा रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका खुलाएको बताए। कार्यवाहक राजदूत वाङ्ग सीनले दोस्रो चरणमा चीनसंग सिमाना जोडिएको विभिन्न जिल्लाको १४ वटा नाका खुला गरेको समेत बताए ।  

कार्यवाहक राजदूत वाङ्ग सीनले नेपालको उच्च स्तरीय नेताहरुले विभिन्न समयमा चीनको भ्रमण गर्दै आएको उल्लेख गर्दै  त्यस्तै भ्रमणको क्रममा सहमति भएको काठमाडौँ रिङरोेडको काम चाँडै सुरु गरिने र दोस्रो चरणमा अरनिको राजमार्ग विस्तारको काम समेत सुरु हुने बताए ।

फ्रेण्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विक्रम तिमिल्सिनाले नेपाल– चीन सम्बन्ध: विकास, अवसर र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमा पत्रकार ठाकुर बेलबासेले टिप्पणी गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल लगायतले चिनिया राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेपछि भएका उपलब्धि र त्यसको प्रभावकारिताको विषयमा आफ्ना धारणा राखेका थिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register