एकअर्काबाट खतरा भएको भन्दै प्रहरीकोमा पुगे राउत दम्पत्ति

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले सुरक्षा माग्दै प्रहरीमा छुट्टाछुट्टै निवेदन दिएका छन् । राउतले केही दिनअघि श्रीमतीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका थिए । श्रीमती रानीले श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकी छन् । दुवै जनाले एकअर्काबाट असुरक्षित भएको भन्दै निवेदन […]

Sep 19, 2024 - 12:44
 0
एकअर्काबाट खतरा भएको भन्दै प्रहरीकोमा पुगे राउत दम्पत्ति

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले सुरक्षा माग्दै प्रहरीमा छुट्टाछुट्टै निवेदन दिएका छन् ।

राउतले केही दिनअघि श्रीमतीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका थिए । श्रीमती रानीले श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकी छन् ।

दुवै जनाले एकअर्काबाट असुरक्षित भएको भन्दै निवेदन दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । अब दुवै पक्षसँग छलफल गरी समस्या समाधान गर्ने प्रहरीको तयारी छ ।

राउतले भदौ १२ गते जिल्ला अदालत ललितपुरमा श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए ।

उनले अंश र सम्बन्ध विच्छेद शीर्षकमा मुद्दा दायर गरेका थिए । राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन् । लामो समयदेखि सम्बन्ध नमिलेको र बस्न नसकिने अवस्था रहेको भन्दै राउतले मुद्दा दायर गरेका हुन् ।

आफ्ना दुई छोरी र एक छोरा पनि आफूसँगै राख्न पाउनुपर्ने राउतको माग छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register