भद्रपुर–१० को हनुमान टोल विकासमा खड्गबहादुर

भद्रपुर, ३ असोज । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमान टोल विकास संस्थामा खड्गबहादुर बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । संस्थाको तेस्रो वार्षिक साधारणसभाले बुढाथोकीलाई दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता कोइराला, सचिव रेखा अधिकारी, सहसचिव सविना गाौतम र कोषाध्यक्षमा खुमहरि तिम्सिनालाई सर्वसम्मत चयन गरिएको छ [...] The post भद्रपुर–१० को हनुमान टोल विकासमा खड्गबहादुर appeared first on Jhapa Online.

Sep 19, 2024 - 16:25
 0
भद्रपुर–१० को हनुमान टोल विकासमा खड्गबहादुर

भद्रपुर, ३ असोज । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमान टोल विकास संस्थामा खड्गबहादुर बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

संस्थाको तेस्रो वार्षिक साधारणसभाले बुढाथोकीलाई दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता कोइराला, सचिव रेखा अधिकारी, सहसचिव सविना गाौतम र कोषाध्यक्षमा खुमहरि तिम्सिनालाई सर्वसम्मत चयन गरिएको छ ।

२ वर्षे कार्यकाल लागि गठित समितिका सदस्यहरुमा क्रमशः पुष्पा घिमिरे, निर्मला खरेल, लिला राउत, लक्ष्मी आचार्य खतिवडा, भक्तबहादुर लिम्बू र वीरबहादुर थापालाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा टोल विकास संस्था भित्र रहेका जेष्ठ सदस्य ९१ वर्षीय नरकेशर पाण्डे र ८९ वर्षकी ईन्द्रकुमारी कटुवाललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

बुढाथोकीको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेक बहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, भद्रपुर नगरपालिकाकी समाजिक विकास शाखा प्रमुख जीवनकला राउत, दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रिमाल, चन्द्रगढी सेवा समाजका अध्यक्ष नयाँनाथ पाण्डे, सहिद चौक टोल विकास समितिका अध्यक्ष ढाकालाल अधिकारी, त्रिवेणी टोल विकासका अध्यक्ष काशीनाथ घिमिरे,वडा सदस्य दुर्गाप्रसाद दाहाल, बाल क्लबका अध्यक्ष श्रीयम अधिकारी लगायतले मन्तव्य राखेका थिए । अध्यक्ष बुढाथोकीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको संञ्चालन सहसचिव रेखा अधिकारी र स्वागत उपाध्यक्ष देवीमाया अधिकारीले गरेकी थिइन् ।

The post भद्रपुर–१० को हनुमान टोल विकासमा खड्गबहादुर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register