मियामीले फिलाडेल्फिया युनियनलाई हरायो, मेसीको २ गोल

आइतबार बिहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

Sep 15, 2024 - 06:44
 0
मियामीले फिलाडेल्फिया युनियनलाई हरायो, मेसीको २ गोल

काठमाडौं। एमएलएसमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई पराजित गरेको छ।

आइतबार बिहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। मेसीको पुनरागमन खेलमा मियामीले २ गोल गरे।

अर्जेन्टिनाका स्टार विंगर मेसीलाई गत जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले हराउँदा खुट्टामा चोट लागेको थियो। त्यसयता उनी मियामीको टोलीमा परेका थिएनन्।

खेलको दुई मिनेटमै युनियनका फरवार्ड मिकाएल उहरेले गोल गर्दै घरेलु दर्शकलाई स्तब्ध पारेका थिए।

तर, २६ औं मिनेटमा मेसीले पहिलो गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। ३० औँ मिनेटपछि मेसीले मियामीको लागि दोस्रो गोल गरे।

लुइस सुआरेजले दोस्रो हाफको इन्जुरी समयमा मेसीको मियामीका लागि तेस्रो गोल गरे।

मेसी ‘आइकन अफ द म्याच’ पनि घोषित भए।

तस्वीर स्रोत : इन्टर मियामी/फेसबुक

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register