आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव

झापा, ४ असोज । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा [...] The post आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव appeared first on Jhapa Online.

Sep 20, 2024 - 02:45
 0
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव

झापा, ४ असोज । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

The post आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register