झापाका ३५ सहित कोशीका ७८ सहकारी उच्च जोखिममा

झापा, ४ असोज । कोशी प्रदेशमा ७८ वटा सहकारी उच्च जोखिममा रहेको पाइएको छ । सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा छन् । कार्यालयले जोखिममा रहेका सहकारी [...] The post झापाका ३५ सहित कोशीका ७८ सहकारी उच्च जोखिममा appeared first on Jhapa Online.

Sep 20, 2024 - 02:53
 0
झापाका ३५ सहित कोशीका ७८ सहकारी उच्च जोखिममा

झापा, ४ असोज । कोशी प्रदेशमा ७८ वटा सहकारी उच्च जोखिममा रहेको पाइएको छ । सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा छन् ।

कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन । कार्यालयले प्रदेश कार्य क्षेत्र रहेका १०७७ वटा सहकारीमध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी छन् । मोरङमा १९ वटा सहकारी उच्च जोखिममा रहेको देखिएको छ ।

मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा रहेका छन् । सुनसरीमा १५ वटा उच्च जोखिममा, ४० वटा मध्यम जोखिममा र तीन वटा न्यून जोखिममा रहेका छन् । कार्यालयका प्रमुख रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार रजिस्ट्रार कार्यालयले कोशी प्रदेशका १४ मध्ये भोजपुरबाहेक सबै जिल्लाका सहकारीको वित्तीय विश्लेषण गरेको थियो ।

सहकारी डिभिजन कार्यालय विगठन भएपछि सहकारी विभागले एउटा स्थानीय तहमा मात्र कार्य क्षेत्र रहेका सहकारीलाई सोही पालिकाले अनुगमन, नियमन र निरीक्षण गर्ने कानूनी व्यवस्था गरेको आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

The post झापाका ३५ सहित कोशीका ७८ सहकारी उच्च जोखिममा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register