बिर्तामोड बसपार्क क्षेत्रको जग्गा ‘फुकुवा’को पहल शुरु

बिर्तामोड, १९ भदौ । सर्वोच्च अदालतको फैसलापछि अर्जुनधारा –११ स्थित ‘नयाँ बसपार्क’को जग्गा किनबेच र सट्टा भर्नामा रोक लागेको छ । गिरीबन्धु टी–इस्टेट प्रालिको ३४३ विगाह जग्गा सट्टा भर्नाका विषयमा सर्बाेच्च अदालतले फैसलासहितको पूर्ण पाठ सार्वजनिक गरेको थियो । अदालतको फैसलापछि बसपार्क क्षेत्रको ५१ बिगाह सहितको जग्गा रोक्का भएसंगै स्थानीय आन्दोलित बनेका छन् । हाल [...] The post बिर्तामोड बसपार्क क्षेत्रको जग्गा ‘फुकुवा’को पहल शुरु appeared first on Jhapa Online.

Sep 4, 2024 - 02:42
 0
बिर्तामोड बसपार्क क्षेत्रको जग्गा ‘फुकुवा’को पहल शुरु

बिर्तामोड, १९ भदौ । सर्वोच्च अदालतको फैसलापछि अर्जुनधारा –११ स्थित ‘नयाँ बसपार्क’को जग्गा किनबेच र सट्टा भर्नामा रोक लागेको छ ।

गिरीबन्धु टी–इस्टेट प्रालिको ३४३ विगाह जग्गा सट्टा भर्नाका विषयमा सर्बाेच्च अदालतले फैसलासहितको पूर्ण पाठ सार्वजनिक गरेको थियो । अदालतको फैसलापछि बसपार्क क्षेत्रको ५१ बिगाह सहितको जग्गा रोक्का भएसंगै स्थानीय आन्दोलित बनेका छन् । हाल बसपार्क भएको जग्गा गिरीबन्धु टी–इस्टेटको नाममा नरहेको र उक्त जग्गा नाज टी–इस्टेटको भएको दावी गर्दै त्यहाँका स्थानीय र झापाका जनप्रतिनिधि दलका शीर्ष नेता सहित प्रधानमन्त्रीको ध्यानाकर्षणका लागि काठमाडौं केन्द्रीत छन् ।

विगत तीन महिनादेखि समस्या समाधान र जग्गा फुकुवाको माग गर्दै स्थानीयले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महान्याधीवक्ता रमेश वडाल लगायतलाई भेटेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई सो विषयमा ध्यानाकर्षण पत्र नै बुझाएको आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

The post बिर्तामोड बसपार्क क्षेत्रको जग्गा ‘फुकुवा’को पहल शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register