वामदेवको प्रण- आफ्नै जीवनकालमा कम्युनिष्ट पार्टीहरूबीच एकता गर्छु

काठमाडौं । राष्ट्रियसभा सदस्यसमेत रहेका नेकपा राष्ट्रिय एकता महाअभियानका संयोजक वामदेव गौतमले आफू ज्युँदो छँदै कम्युनिष्ट पार्टीहरूको एकता गर्ने प्रण गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रण गरेका हुन् । कम्युनिष्ट पार्टी एकतामा आफूले जति अरुले भूमिका खेल्न नसक्ने उल्लेख गर्दै भने, “एकपटक पहिले जस्तै कम्युनिष्ट एकता गर्छु, कम्युनिष्ट आन्दोलनको […]

Sep 20, 2024 - 06:32
 0
वामदेवको प्रण- आफ्नै जीवनकालमा कम्युनिष्ट पार्टीहरूबीच एकता गर्छु

काठमाडौं । राष्ट्रियसभा सदस्यसमेत रहेका नेकपा राष्ट्रिय एकता महाअभियानका संयोजक वामदेव गौतमले आफू ज्युँदो छँदै कम्युनिष्ट पार्टीहरूको एकता गर्ने प्रण गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रण गरेका हुन् । कम्युनिष्ट पार्टी एकतामा आफूले जति अरुले भूमिका खेल्न नसक्ने उल्लेख गर्दै भने, “एकपटक पहिले जस्तै कम्युनिष्ट एकता गर्छु, कम्युनिष्ट आन्दोलनको एकता गर्छु । म आफ्नै जीवनकालमा यो गर्न सक्छु ।”

उनले अगाडि भने, “उहाँहरू शत्रुगत व्यवहारमा हुनुहुन्छ, म सबैसँग मित्रता नै राखिराखेको छु । म निहुँ खोजीखोजी मित्र बन्छु । शत्रुवत् व्यवहार गर्ने छैन । त्यसो भएर मैले नै त्यो काम गर्नसक्छु ।”

उनले देशको उन्नतिका लागि कम्युनिष्ट पार्टीहरूबीचको एकता अपरिहार्य भएको बताए ।

२०७५ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ सालमा एमाले र माओवादी केन्द्रकै रूपमा फर्किएपछि एमालेबाट बाहिरिएका उनले नेकपा एकता महाअभियान घोषणा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register