कैदीबन्दी: न गणतन्त्र दिवसमा छुटे न त संविधान दिवसमा  

बाजुरा।           संविधान दिवसको अवसरमा बाजुराका विभिन्न पालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा  संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी  मनाएको हो । संविधान जारी भएको नौ वर्ष पुरा गरी १०औं वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला समन्वय समिति बाजुराले उक्त दिवस मनाएको हो ।   बुधवार बेलुकी […]

Sep 20, 2024 - 06:43
 0
कैदीबन्दी: न गणतन्त्र दिवसमा छुटे न त संविधान दिवसमा  

बाजुरा।  

        संविधान दिवसको अवसरमा बाजुराका विभिन्न पालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा  संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी  मनाएको हो । संविधान जारी भएको नौ वर्ष पुरा गरी १०औं वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला समन्वय समिति बाजुराले उक्त दिवस मनाएको हो ।

  बुधवार बेलुकी दीपावली र बिहीबार बिहान प्रभातफेरी गरी सदरमुकाम मार्तडी स्थित  जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण  गरेका थिए  ।  मालिका माविका विद्यार्थीले नगरपरिक्रमा गरी संविधान दिवसको अवसरमा देशको मुल कानुन संविधान कार्यान्वयन सन्दर्भमा विचार बक्तब्यको आयोजना गरेको थियो । जिल्लाका नौवटै पालिका संविधान दिवसको अवसरमा स्थानीय लोकसंस्कृती अनुसार  विभिन्न सांकृतिक कार्यक्रम गरी  नेपालको संविधान कार्यान्वयन गर्न आम नागरिकको दायित्व रहेको धारण राखेका थिए । कार्यक्रमका बक्ताले “ देश नेतागत हैन ऐन कानुन र नीति नियम ”  बमोजिम चल्नुपर्ने बिचार व्यक्त गरेका थिए ।

 यसैवीच यो वर्षको संविधान दिवसको अवसरमा बाजुराबाट आठ जना कैदी बन्दी छुट्ने गरी सिफारिस स्वीकृत भई आएपनि अन्तिम चरणमा रोकिएको कारागार कार्यालय बाजुराका प्रमुख अनिलकुमार तिवारीले बताए । हामीले गत भदौमा ४० प्रतिशत जेलसजाय भोगेका र असल चालचलन भएका रुपेश भनिने रुपवहादुर रावत लगायतका आठ जनालाई सिफारिस गरी पठाएका थियौं ।आठैजना बन्दीको नाम स्वीकृत भएको वयभसाईटमा आईसेको थियो । अन्तमा कारगार ब्यबस्थापन विभिागबाट आवश्यक गृहकार्य नपुगेकोले संविधान दिवसको अवसरमा कैदीबन्दी फुकुवा नगर्नु भन्ने सूचना आएपछि बन्दी  नछुटाएका हौं, कार्यालय प्रमुख तिवारीले भने । २५ जना कैदी बन्दीको क्षमता  भएको जीर्ण कारागरमा हाल ७३ जना कैदीबन्दी राख्नु परेको छ । पछिल्लो समयमा  अपाङ्ग  कैदीबन्दी पनि आएका छन्  । उनी न आँखा देखछन् न राम्ररी हात खुट्टा चलाउन सक्छन् । हामीसंग  अपांगमैत्री कारागारको व्यवस्था छैन , कसरी ब्यवस्थान गर्ने तिवारीले भने ।

गत असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचान जारी गरेको थियो । दुई महिना पछि फेरी १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना प्रकाशन गरेको  थियो । दुबै टोली संविधान दिवको  अवसरमा असोज ३ मा छुट्ने बताइएको थियो । तर अहिले फेरी केही थप गेहकार्य गर्नुपर्ने भएकोले रोकिएको हो  गृह श्रोतले भन्यो । यस अघि गणतन्त्र दिवसको अवसरमा पनि कैद कट्टा गरी कैदीबन्दी रिहा हुंदै आएका थिए । तर यो पटक गणतन्त्र दिवसको अवसरमा पनि रिहा भएका थिएनन् । 

विगतमा कैदीबन्दी रिहा गर्दा उनीहरुविरुद्ध उजुरी आह्वान गर्ने र पिडितको सहमती लिने प्रचलन थिएन। तर ब्यक्ती हत्यामा सजाय भुक्तान गरीरहेका बांकेका योराज ढकाल (रिगल) रिहा भएपछि  पीडित पक्षले सर्बोचमा रिट जाहेर गरेका थिए । 

उक्त रिटको सुनुवाइ गर्दे तत्कालीन न्यायाधीस ईश्वर प्रसाद खतिवडा , सपनाप्रधान मल्ल र डा कुमार चुडालको पूर्ण इजलासले १६ कात्तिक २०८०मा पीडितको हक सुरक्षित हुनेगरी सहमती तथा मञ्जुरीनामा लिएर मात्र  पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्ती सहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चत गरेर मात्र कैदीलाई रिहा गर्नु पर्ने फैसला गरेको थियो । 
  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register