ललितपुर र काठमाडौंमा दुई जना मृत फेला

काठमाडौं । ललितपुर र काठमाडौंमा दुई जना मृत फेला परेका छन् । काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका छन् । प्रहरीकाअनुसार बिहीबार श्रेष्ठ पन्चेटारको कुलोमा मृत भेटिएका हुन् । यस्तै, ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक व्यक्ति मृत फेला परेका छन् । सोही स्थानमा बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको […]

Sep 20, 2024 - 07:48
 0
ललितपुर र काठमाडौंमा दुई जना मृत फेला

काठमाडौं । ललितपुर र काठमाडौंमा दुई जना मृत फेला परेका छन् ।

काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका छन् । प्रहरीकाअनुसार बिहीबार श्रेष्ठ पन्चेटारको कुलोमा मृत भेटिएका हुन् ।

यस्तै, ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक व्यक्ति मृत फेला परेका छन् । सोही स्थानमा बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register