बिर्तामोडमा किताब मेला : एकैथलोमा नौसय बढी किताब

बिर्तामोड, ४ असोज । झापाको बिर्तामोडमा असोज ७ गतेदेखि किताब मेला लाग्ने भएको छ । ‘दशैंको कोसेली किताब’ भन्ने नाराका साथ असोज ७ देखि २३ गतेसम्म किताब मेला लाग्ने भएको हो । वीरता रिडर्सको आयोजनामा किताब मेला लाग्ने भएको हो । किताब मेलामा साहित्य पत्रकार मञ्च बिर्तामोड र झापाली साहित्य समाजको सहकार्य रहेको छ भने [...] The post बिर्तामोडमा किताब मेला : एकैथलोमा नौसय बढी किताब appeared first on Jhapa Online.

Sep 20, 2024 - 09:18
 0
बिर्तामोडमा किताब मेला : एकैथलोमा नौसय बढी किताब

बिर्तामोड, ४ असोज । झापाको बिर्तामोडमा असोज ७ गतेदेखि किताब मेला लाग्ने भएको छ ।

‘दशैंको कोसेली किताब’ भन्ने नाराका साथ असोज ७ देखि २३ गतेसम्म किताब मेला लाग्ने भएको हो । वीरता रिडर्सको आयोजनामा किताब मेला लाग्ने भएको हो । किताब मेलामा साहित्य पत्रकार मञ्च बिर्तामोड र झापाली साहित्य समाजको सहकार्य रहेको छ भने स्टल व्यवस्थापन इशा बुक्स एण्ड स्टेसनरी बिर्तामोडले गर्ने भएको छ ।

विशेषगरी पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पाठकलाई लक्षित गरी गरेर किताब मेला आयोजना गर्न लागिएको किताब मेलाका संयोजक सन्तोष आचार्यले जानकारी दिनुभयो । “आफ्ना कृतिहरुलाई पुस्तकाकार गरेर किताब निकाल्ने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “मेलाको माध्यमबाट पुस्तकहरुलाई पाठकमाझ पु¥याउने लक्ष्य छ ।”

साहित्य पत्रकार मञ्च झापा अध्यक्ष तीर्थ सिग्देलले मेलामार्फत पाठक र लेखक बीच अन्तरंग गराउने बताउनुभयो । “पाठकले सोझै लेखक, साहित्यकारहरुसँग सवाल जवाफ गर्न पाउने व्यवस्था गरेका छौं”, उहाँले भन्नुभयो, “लेखकका कुरा र पाठकका चाहना एकआपसमा साटासाट गर्ने उद्देश्य पनि हो ।”

किताब मेलाका स्टल व्यवस्थापनकर्ता इशाबुकका सञ्चालक केशव मैनालीले मेलामा नौ सय भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिने बताउनुभयो । एक सयभन्दा बढी झापाली स्रष्टा–सर्जकको कृति (पुस्तक) मेलामा राखिने छ ।

“मानिसले पढ्न चाहेर पनि नभेटेका पुस्तकलाई पनि समावेश गर्ने कोसिस छ”, उहाँले भन्नुभयो, “नयाँ र पुराना सबै प्रकारका किताब राखिने छ ।” पुस्तक मेलामा विशेषगरी नेपाली र अंग्रेजी पुस्तक प्रदर्शनी र बिक्रीका लागि राखिने भने भने केही संस्कृत भाषाका समेत पुस्तक रहने आयोजकले जनाएको छ । मेलामा पुस्तक अनुसार १० देखि ३० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

The post बिर्तामोडमा किताब मेला : एकैथलोमा नौसय बढी किताब appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register