एनसेलद्वारा इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी

काठमाडौँ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको भन्नेबारेमा स्पष्टोक्ती गराएको छ । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको जानकारी गराएको हो । एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ यस सम्बन्धमा गहन छलफल र […]

Sep 20, 2024 - 08:53
 0
एनसेलद्वारा इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी

काठमाडौँ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको भन्नेबारेमा स्पष्टोक्ती गराएको छ । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको जानकारी गराएको हो ।

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामासमेत कम्पनी प्रतिबद्ध रहेको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु एनसेलको लक्ष्य रहेको छ । एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ ।

एनसेलले आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्तत: थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिइरहेको छ । एक जिम्मेवार सेवा प्रदायकको रूपमा एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register