आमा-छोरा हत्या प्रकरण : यौन सम्पर्क राख्न नमान्दा हत्या

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ छविसेमा गत भदौ १९ गते बुधबार राती भएको आमा-छोरा हत्या प्रकरणका दोषीले यौन सम्पर्क राख्न नमान्दा विवाद भएपछि सहन नसकेर आमा छोराको हत्या गरेको खुलेको छ भने प्रहरीले हत्या भएको करिब १५ दिनमा हत्यारा...

Sep 20, 2024 - 14:07
 0
आमा-छोरा हत्या प्रकरण : यौन सम्पर्क राख्न नमान्दा हत्या
उदयपुर । 

उदयपुरको कटारी नगरपालिका १० सोरुङ छविसेमा गत भदौ १९ गते बुधबार राती भएको आमा-छोरा हत्या प्रकरणका दोषीले यौन सम्पर्क राख्न नमान्दा विवाद भएपछि सहन नसकेर आमा छोराको हत्या गरेको खुलेको छ भने प्रहरीले हत्या भएको करिब १५ दिनमा हत्यारा पता लगाएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपित कटारी नगरपालिका १० सोरुङ छविसे निवासी ३२ वर्षका तारा बहादुर मगरलाई सार्वजनिक गर्दै उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिहरनाथ योगीले घटना भएको दिनदेखि नै प्रहरीले सुक्ष्म तरिकाले अध्ययन गरेको र अभियुक्तले घटना भएपछि पनि घटनास्थलमा आउने जाने र अन्य मानिसहरुसँग अन्जान झै गरेर सोधखोज गर्ने, प्रहरीको अनुसन्धान प्रक्रियामा पनि कुरा सुनेर बस्ने गरेको र पछि निजसँग पनि सोधपुछ गर्दा हत्या गरेको स्वीकार गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी नायव उपरिक्षक राजन चापागाईको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, इलाका प्रहरी कार्यालय कटारीको प्रहरी परिचालन गरी घटनाका बारेमा अनुसन्धान गरेको जानकारी दिँदै प्रहरी उपरिक्षक योगीले अभियुक्त मगरको कुरा अनुमृतक ३७ वर्षकी निर्मला थापाले नमानेपछि विवाद भएको र पहिले निर्मलाको हत्या गरेरपछि सँगै सुतेको ६ वर्षको छोरा आरुष थापाको हत्या गरेर हत्यामा प्रयोग भएको खुकुरी तथा निर्मलाको मोवाइल लिएर खोलामा मिल्काएका थिए ।

अनुसन्धानमा शुरुदेखि नै निरनतर लागि परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी)राजन चापागाईँले अभियुकत मगर पहिले देखि नै निर्मलाको पसलमा आउने जाने बसेर गफ गर्ने गरेको र घटना हुने दिन राती साथमा खुकुरी लिएर योजना बनाएर आएर उनले यौन सम्पर्क गर्न प्रस्ताव गरेको र निर्मलाले गाउँभरी नराम्रो हल्ला फैलिएकोले इजजत प्रतिष्ठामा असर पर्ने भन्दै नमानेका कारण आमा छोरा कै हत्या गरेको र चुपचाप बसेर घटनाका बारेमा जानकारी लिइरहेको बताए।

अहिले अभियुक्त मगरलाई सात दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक हरिहरनाथ योगीले बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register