रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड बढी तलब बुझेको उल्लेख छ । लामिछानेले आर्थिक वर्ष ०७८र०७९मा मात्र ७४ लाख […]

Sep 20, 2024 - 15:07
 0
रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड बढी तलब बुझेको उल्लेख छ ।

लामिछानेले आर्थिक वर्ष ०७८र०७९मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् । आर्थिक वर्ष ०७७र७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ । लामिछानेले जम्मा १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् ।

समितले ग्यालेक्सी टिभीमा सहकारी भन्दा बाहिरबाट कुनै पनि लगानी नभएको निष्कर्ष निकालेको छ ।

साथै समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ । साथै समितिले लामिछानेसहित गोर्खा मिडियाका संचालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुन बमोजिम कारवाहीको सिफारिस गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register