स्वर्गीय लालध्वजको स्मृतिमा पथरिया माविलाई फेन र खेलकुद पोशाक हस्तान्तरण

कचनकवल, ४ असोज । पथरिया माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय लालध्वज केदेम लिम्बूको दोस्रो स्मृति दिवसको अवसरमा केदेम परिवारले कचनकवल गाउँपालिका वडा नं. ३ स्थित पथरिया माविलाई १० थान सिलिङ फेन र २० थान खेलकुद पोशाक हस्तान्तरण गरेको छ। कार्यक्रमको आयोजना बगान युथ क्लब कचनकवल–३ ले गरेको थियो भने सह(आयोजकको भूमिका पथरिया माविले [...] The post स्वर्गीय लालध्वजको स्मृतिमा पथरिया माविलाई फेन र खेलकुद पोशाक हस्तान्तरण appeared first on Jhapa Online.

Sep 20, 2024 - 15:10
 0
स्वर्गीय लालध्वजको स्मृतिमा पथरिया माविलाई फेन र खेलकुद पोशाक हस्तान्तरण

कचनकवल, ४ असोज । पथरिया माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय लालध्वज केदेम लिम्बूको दोस्रो स्मृति दिवसको अवसरमा केदेम परिवारले कचनकवल गाउँपालिका वडा नं. ३ स्थित पथरिया माविलाई १० थान सिलिङ फेन र २० थान खेलकुद पोशाक हस्तान्तरण गरेको छ। कार्यक्रमको आयोजना बगान युथ क्लब कचनकवल–३ ले गरेको थियो भने सह(आयोजकको भूमिका पथरिया माविले निभाएको थियो। 

कार्यक्रमको सभापतित्व पथरिया माविका प्रधानाध्यापक गुणराज गुरागाइँले गरेका थिए। प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी रहेका थिए भने विशेष अतिथिहरुमा केदेम परिवारका सदस्य रमला लिम्बू र चन्द्रमान केदेम, बगान युथ क्लबका अध्यक्ष पिताम्बर लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव, समाजसेवी इश्वर थापा, सेमाङ्ली क्याफेका व्यवस्थापक विश्वास अधिकारी, र कचनकवलका फुटबल प्रशिक्षक कालु ९संजोग० लिम्बू लगायत विद्यालयका शिक्षक(शिक्षिका उपस्थित थिए। 

त्यस्तै, विद्यालयले दाताको कदर गर्दै सम्माना स्वरूप सम्मान कदरपत्रसमेत केदेम परिवारलाई दिएको थियो।

यसैबीच, अवसरमा विद्यालयको साप्ताहिक कार्यक्रम हाजिरजवाफ प्रतियोगिताको पुरस्कार प्रायोजनको पनि गरेको थियो। गत वर्ष, २० थान विद्यालय पोशाक वितरण गरिएको स्मरण गर्दै यस वर्ष पनि थप सहयोग प्रदान गरिएको हो। यस अवसरमा अतिथिहरूले स्वर्गीय लालध्वज केदेम लिम्बूको योगदानको चर्चा गर्दै यस प्रकारका सहयोगात्मक कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

मृगौला पिडित थापालाईं ३० हजार सहयोग
कचनकवल गाउँपालिका १ घेराबारी, झोडा निवासी मिर्गौला पीडित लक्षण थापाको उपचारका लागि केदेम परिवार तथा सेमालिङ क्याफे बिर्तामोडले बिरामी खर्चका लागि रु ३०,००० उहाँको छोरीलाई हस्तान्तरण गरिएको कचनकवल १ का समाजसेवी मार्ले मगरले जानकारी दिए।

The post स्वर्गीय लालध्वजको स्मृतिमा पथरिया माविलाई फेन र खेलकुद पोशाक हस्तान्तरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register