आइपिएस तालिममा सहभागी प्रहरी निरीक्षक मल्ल पुरस्कृत

काठमाडौं। मित्रराष्ट्र भारतको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित (Basic Training Course for IPS Officer) (76 RR-2023) तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् । मल्ललाई The Best Gentleman’s Probationer for PT पुरस्कारद्वारा पुरस्कृत गरिएको हो । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका […]

Sep 20, 2024 - 13:47
 0
आइपिएस तालिममा सहभागी प्रहरी निरीक्षक मल्ल पुरस्कृत

काठमाडौं।

मित्रराष्ट्र भारतको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित (Basic Training Course for IPS Officer) (76 RR-2023) तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् । मल्ललाई The Best Gentleman’s Probationer for PT पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।

दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।

सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register