एकाबिहानै झर्छिन् पारिजात (तस्वीरहरू)

काठमाडौं । पारिजात, एक अनौठो फूल हो । जसले रातभर सुन्दरता बाँड्छ तर, बिहानको पहिलो किरणसँगै ओइलाउँछ । पारिजातसम्बन्धी विभिन्न लोकोक्ति तथा शास्त्रोक्तिहरू भेटिन्छन् । एउटा प्रसिद्ध लोकोत्तिअनुसार पारिजात एक राजकुमारी थिइन्, जसको सूर्यप्रति एकतर्फी प्रेम थियो । तर, सूर्यले उनको प्रेमलाई अस्वीकार गरेपछि निराश पारिजातले आत्महत्या गरिन् । यसपछि उनको शव दाहासंस्कार गरेको खरानीबाट […]

Sep 21, 2024 - 03:29
 0
एकाबिहानै झर्छिन् पारिजात (तस्वीरहरू)

काठमाडौं । पारिजात, एक अनौठो फूल हो । जसले रातभर सुन्दरता बाँड्छ तर, बिहानको पहिलो किरणसँगै ओइलाउँछ ।

पारिजातसम्बन्धी विभिन्न लोकोक्ति तथा शास्त्रोक्तिहरू भेटिन्छन् । एउटा प्रसिद्ध लोकोत्तिअनुसार पारिजात एक राजकुमारी थिइन्, जसको सूर्यप्रति एकतर्फी प्रेम थियो । तर, सूर्यले उनको प्रेमलाई अस्वीकार गरेपछि निराश पारिजातले आत्महत्या गरिन् । यसपछि उनको शव दाहासंस्कार गरेको खरानीबाट उम्रिएको वनस्पति नै पारिजात भएको मानिन्छ ।

यसरी पारिजातले सूर्यलाई सधैँको लागि तिरस्कार गर्न थालिन् र सूर्योदयवसँगै बोटबाट झर्न थालिन् ।

हिन्दु धार्मिक मान्यताअनुसार भने पारिजातलाई भगवान् श्रीकृष्णले स्वर्गबाट पृथ्वीमा ल्याएको फूलका रूपमा मानिन्छ । नरकासुर दैत्यको बध गरेपछि इन्द्रले स्वर्गमा श्रीकृष्णलाई पारिजातको फूलले स्वागत गरेका थिए । यो फूल कृष्णले रुक्मिणीलाई दिए, जसलाई थाहा पाएपछि सत्यभामा ईर्ष्यालु भइन् । उनी पनि पारिजात पाउन चाहन्थिन् । त्यसपछि श्रीकृष्णले सत्यभामालाई खुसी बनाउन पारिजातलाई स्वर्गबाट चोरेर धर्तीमा ल्याए ।

पारिजातसँग जोडिएका यी किंवदन्तीहरू मात्र होइन, विज्ञानले पनि यसलाई ‘रातमा फुल्ने दुखित वृक्ष’ भनेर व्याख्या गरेको छ । यसको वैज्ञानिक नाम Nyctanthes arbor-tristis हो । जसको अर्थ पनि यही हुन्छ– रातमा फुल्ने र बिहानै ओइलाउने वृक्ष ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register