इजरायली आक्रमणमा हिजबुल्लाह शीर्ष कमाण्डर मारिए

बेरुत । लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह नेताहरू मध्ये एक रहेको बताएको हो । यसअघि लेबनानी अधिकारीहरूले इरानसमर्थित समूहको गढ रहेको सहरको दक्षिणी दहेह क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको र […]

Sep 21, 2024 - 04:37
 0
इजरायली आक्रमणमा हिजबुल्लाह शीर्ष कमाण्डर मारिए

बेरुत । लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् ।

हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह नेताहरू मध्ये एक रहेको बताएको हो ।

यसअघि लेबनानी अधिकारीहरूले इरानसमर्थित समूहको गढ रहेको सहरको दक्षिणी दहेह क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएका थिए ।

आक्रमणबाट कम्तीमा एउटा आवासीय भवनमा भत्किएको छ भने अन्यमा ठूलो क्षति पुगेको थियो। उद्धार टोलीहरू आक्रमण भएको ठाउँमा पुगेर घाइतेहरूलाई उद्धार गर्ने र भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका बेला त्यहाँ अस्तव्यस्त दृश्यहरू देखिएका थिए ।

हिजबुल्लाह समूहका लागि यो अर्को अपमानजनक प्रहार थियो । केही दिनअघि मात्र समूहले प्रयोग गर्ने पेजरहरू र वाकी(टकीहरू विस्फोट भएका थिए । ती विस्फोटमा दर्जनौँ मारिए भने हजारौँ घाइते भएका छन् । यो पनि इजरायलले गरेको विश्वास गरिन्छ । बीबीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register